गृहपृष्ठ भाडाका सवारी साधनमा ट्राफिक प्रहरीको अनुगमन तीव्र

भाडाका सवारी साधनमा ट्राफिक प्रहरीको अनुगमन तीव्र

कोरोनाभाइरस (कोभिड- १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई आजदेखि तीव्र पारेको छ ।

सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भीडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको, भाईरस संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे नगरेकोजस्ता स्वास्थ्य मापडण्ड पालना नगर्ने ४०० भन्दा बढी भाडाका सवारी साधनलाई सम्झाईबुझाई पनि गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालका अनुसारकोरोनाभाईरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्येनजरगरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवं भिडभाड हुने क्षेत्रमा चेकप्वाईन्ट राखि सवारी साधनहरुलेस्वास्थ्य मापडण्ड पालना गरे नगरेको अनुगमनलाई तीव्रता पारेको जानकारी दिए । ‘यदि भाडाका सवारी साधनले स्वास्थ्य पोर्टोकल पालना नगरेको वा तोकिएको भन्दा वढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न आग्रह गर्दछु,’ उनले भने ।

महाशाखाले यातायात व्यवसायी तथा सञ्चालकहरूलाई बोलाएर सवारी साधनमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाईजेसनको व्यवस्था गर्ने, नियमित सरसफाई गर्न, यात्रुहरूको सुविधाको लागि प्रर्याप्त सवारी साधनहरू चलाउन, सवारीमा यात्रुहरू कोचिएर नराख्न वा सिट क्षमताअनुसार मात्र यात्रु राख्नलगायत स्वास्थ्य मापदण्ड पालना गराउनसहमति गराईसकेको महाशाखाले जनाएको छ ।

प्रकाशित समय १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु