गृहपृष्ठ १२ करोड जरिवाना र ६ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

१२ करोड जरिवाना र ६ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

arrest_पक्राउ_news karobar

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बनेपा नगरपालिका- ४, श्रीखण्डपुर टोल बस्ने ५६ वर्षीया जयन्ती केसीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले छुट्टाछुट्टै २ वटा बैंकिङ कसुरमध्ये पहिलो मुद्दामा ९ करोड ४७ लाख ९२ हजार १ सय १६ रुपैयाँ ७८ पैसा जरिवाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा २ करोड ३५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

प्रकाशित समय १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु