गृहपृष्ठ हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन : गृहमन्त्री
हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएका छन् । दार्चुलाको व्यास गाउँपालिकापस्थित छाङरुमा सशस्त्र प्रहरी गुल्मको उद्घाटन तथा गुल्मको भवन शिलान्यास गरेर फर्कने क्रममा शनिबार सुर्खेत विमानस्थल आइपुगेका गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।
चीन र नेपालको सीमा क्षेत्र हुम्लाको नाम्खामा ‘नेपाली भूमि अतिक्रमण भएको’ भन्ने विषयमा थप स्पष्ट पार्दै गृहमन्त्री थापाले यसको कुनै ठोस प्रमाण नभेटिएको जानकारी दिए । चीनले नेपालको सीमा नमिचेको परराष्ट्र मन्त्रालयले नै स्पष्ट पारिसकेकाले उनले बताए ।
गृहमन्त्री थापाले तत्काल प्रदेशका मुख्यमन्त्रीहरु परिवर्तन गर्ने कुनै निर्णय नभएको पनि बताएका छन् । पार्टी र सरकारले मुख्यमन्त्री नै परिवर्तन गर्ने भन्ने निर्णय नगरेको उनले स्पष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीले केन्द्र र प्रदेशको सरकार पुनर्गठन गर्ने निर्देशन दिएको जानकारी गराउँदै उनले भने, ‘सम्बन्धित पक्षले निर्णय गर्ला तर अहिले नै मुख्यमन्त्री परिवर्तन गर्ने निर्णय भएको छैन ।’ सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले आधिकारिक रुपमा मुख्यमन्त्री फेर्ने विषयमा कुनै पनि निर्णय नभएको बताएका हुन् ।
प्रकाशित समय १४:१६ बजे

















