गृहपृष्ठ प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा
प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा
प्रधानसेनापति पुर्ण चन्द्र थापा सेल्फ क्वारेन्टिनका बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत एक सदस्यमा कोरोना संक्रमण देखिएपछि उनी आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति निवासको भान्छाका ती सदस्यमा शनिबार संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयद्वारा जारी निर्देशिका र मापदण्डबमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै प्रधानमन्त्री थापा पनि सेल्फ क्वारेन्टिनमा बसेको निर्देशनालयले जनाएकाे छ ।

प्रकाशित समय १६:२९ बजे

















