गृहपृष्ठ थप १,५७३ जनामा कोरोना पुष्टि, ८८५ डिस्चार्ज

थप १,५७३ जनामा कोरोना पुष्टि, ८८५ डिस्चार्ज

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा रहेकाे छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अब देशभर संक्रमितको संख्या ७३ हजार ३ सय ९४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । संक्रमितमध्ये ५३ हजार ८ सय ९८ जना निको भएर घर फर्किएका छन् भने ४ सय ७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । पछिल्लो २४ घन्टामा ८ सय ८५ जना संक्रमण मुक्त भएका छन् ।

आज देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा १० हजार ६९८ जना रहेका छन् ।

प्रकाशित समय १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु