गृहपृष्ठ मन्त्रिपरिषद् बैठक सम्पन्न, यस्ता छन् निर्णय
मन्त्रिपरिषद् बैठक सम्पन्न, यस्ता छन् निर्णय
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा कार्यकारी निर्देशक नियुक्त
parbat
मन्त्रिपरिषद्को आकस्मिक बैठक केही बेरअघि सकिएको छ । बैठकले विभिन्न राजनीतिक नियुक्ति र केही महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ । भण्डारी ६ महिनादेखि निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उनलाई वरिष्ठताको आधारमा कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।
त्यस्तै नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तारणसम्बन्धी सम्झौता गर्न मन्त्रिपरिषद्ले अख्तियारी प्रदान गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले सम्झौता गर्ने अख्तियारी प्राप्त गरेकी छन् ।
सत्तारुढ नेकपाको सुझावअनुसार मन्त्रिमण्डल हेरफेर गर्नुअघि ओलीले बैठक राखेको चर्चा भए पनि बैठकमा त्यसबारे कुनै छलफल नभएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
मन्त्रिपरिषद् बैठकअघि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।
प्रकाशित समय १६:४६ बजे

















