गृहपृष्ठ अष्ट्रेलियाबाट पनि मुक्तिनाथ रेमिटको सेवा सञ्चालन

अष्ट्रेलियाबाट पनि मुक्तिनाथ रेमिटको सेवा सञ्चालन

mukti-bikasha-bank news karobar

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ रेमिट’ले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलिया (Muktinath Remit Australia) को कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेबसाइट https://www.muktinathremit.com.au मा लग इन गरी वा मोबाइल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन सक्नेछन् ।

मुक्तिनाथ रेमिटमार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको चार हजारभन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिने बताइएको छ । थप विस्तृत विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेबसाइट https://www.muktinathremit.com.au मा पनि हेर्न सकिनेछ ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिषा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटीएमबाट बिना शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु