गृहपृष्ठ चटपटेको निहुँमा १२ वर्षीया बालिकाको हत्या ! १५ वर्षीय किशोर पक्राउ

चटपटेको निहुँमा १२ वर्षीया बालिकाको हत्या ! १५ वर्षीय किशोर पक्राउ

वराह नगरपालिका- १, कटहरे टोल बस्ने १२ वर्षीया बालिकाको चटपटेको निहुँमा हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति घटना भएको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले संघीय प्रहरी ईकाई कार्यालय केनाईन शाखामा ज्यानसम्बन्धी अनुसन्धानमा प्रयोग गरिने ‘लैला’ नामको कुकुर समेतको सहयोगमा उनलाई पक्राउ गरेको हो ।

शुक्रबार राती राईकी आमा बिरामी भई परम्परागत रुपमा हुने उपचारका लागि छिमेकीको घरमा सपरिवार गएको अवस्थामा घर रुङ्न बसेकी ती बालिका चटपटे किन्न आएका प्रतिवादीसँग चटपटेकै निहुमा विवाद हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका किशोरउपर जिल्ला अदालत सुनसरीबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु