गृहपृष्ठ पाकिस्तानमा भएको विस्फोटमा चार जनाको मृत्यु, १२ घाइते

पाकिस्तानमा भएको विस्फोटमा चार जनाको मृत्यु, १२ घाइते

ASCII

पाकिस्तानको उत्तरी प्रान्त खैबर पाक्थुन्क्वा प्रान्तको मार्दन नगरमा बुधबार अपरान्ह भएको एक शक्तिशाली विस्फोटमा परी चार जनाको ज्यान गएको छ भने अरु १२ जना घाइते भएका छन् ।

मार्दनको गज बजार क्षेत्रमा सो शक्तिशाली विस्फोट भएको बताइएको छ । उक्त विस्फोट कसले र किन गरेको हो भन्ने बारेमा केही पत्ता लागेको छैन । प्रहरीले यस विस्फोटका बारेमा खोजी गरिरहेको बताइएको छ । यस विस्फोटमा उक्त क्षेत्रका कतिपय भौतिक संरचामा पनि क्षति पुगेको बताइएको छ ।

प्रहरीले सो विस्फोटमा परी चार जनाको ज्यान गएको र अरु १२ जना घाइते भएका जानकारी दिएको छ । विस्फोटको कारणबारे अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ । (एजेन्सी)

प्रकाशित समय ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु