गृहपृष्ठ राष्ट्रिय अनुसन्धानको नक्कली परीक्षा सञ्चालन गर्ने नक्कली इन्स्पेक्टर पक्राउ
राष्ट्रिय अनुसन्धानको नक्कली परीक्षा सञ्चालन गर्ने नक्कली इन्स्पेक्टर पक्राउ
राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा सञ्चालन गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका- ७ बस्ने २९ वर्षीय अजय कुमार रायसहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका- ५, कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उक्त अनुसन्धानको सहायक सूचकको परीक्षा सञ्चालन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रायले प्रहरी निरीक्षकको नक्कली बर्दी लगाई परीक्षा सञ्चालन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उक्त परीक्षामा पुरुष १९ र महिला २ गरी जम्मा २१ जना परीक्षार्थी उपस्थित रहेको भेटिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १४:४० बजे

















