गृहपृष्ठ रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु
रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु
रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
बिहीबार राति बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उनको मृत्यु भएको बताइएको हो । संक्रमित पुरुष दुई दिनदेखि भेन्टिलेटरमा थिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित समय ०८:५८ बजे

















