गृहपृष्ठ कुन जिल्लामा कति कोरोना संक्रमित ?

कुन जिल्लामा कति कोरोना संक्रमित ?

नेपालका कोरोना संक्रमितको संख्या ८० हजार नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै एक हजार ९ सयभन्दा बढी संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म ५०९ जनाको ज्यान गएको छ भने ५७ हजार ३८९ जना डिस्चार्ज भएका छन् । बिहीबार मात्रै नेपालमा ११ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म १० लाख ३३ हजार ९४७ जनाको पीसीआर परीक्षण भएको छ । सबैभन्दा बढी काठमाडौंमा संक्रमित देखिएका छन् । काठमाडौंमा १९ हजार ५७२ जनामा संक्रमण देखिएको छ भने ९७ जनाले ज्यान गुमाएका छन् त्यस्तै ११० जना डिस्चार्ज भएको कोरोना नेपाल डट लाइभको तथ्यांकमा उल्लेख छ ।

तालिकामा कोरोनाभाइरस (अपडेट)

प्रकाशित समय १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु