गृहपृष्ठ कोरोना संक्रमणमा जापानपछि नेपाल

कोरोना संक्रमणमा जापानपछि नेपाल

कुनै बेलामा सबैभन्दा बढी संक्रमित भएको देशको सूचीमा परेको जापान अहिले ४५ नम्बरमा देखिएको छ । जनवरीदेखि भाइरस फैलिदै आएको जापानमा अहिले संक्रमणमुक्त हुने देशको नजिक पुगेको छ ।

जापानमा अहिलेसम्म ८४ हजार ४५० जनामा संक्रमण भएको छ भने ७७ हजार २१९ जना संक्रमणमुक्त भइसकेका छन् । सक्रिय संक्रमितको संख्या पाँच हजार ४१८ रहेको छ । त्यस्तै अहिलेसम्म एक हजार ५७८ जनाको ज्यान गएको छ भने १४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको त्यहाँका सञ्चार संस्थाले उल्लेख गरेका छन् ।

नेपालमा भने पछिल्लो एक महिनामै उच्च संक्रमण देखिएपछि संक्रमितको संख्या जापान नजिकै पुगेको छ । अहिले विश्वका सबैभन्दा बढी संक्रमण भएको देशमध्ये नेपाल ४६ नम्बरमा देखिएको छ । नेपालमा ८२ हजार ४५० जनामा संक्रमण देखिएको छ । जापानमा नेपालभन्दा एक हजार ७६५ संक्रमित मात्रै बढी छन् ।

प्रकाशित समय ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु