गृहपृष्ठ प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ
प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ
प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्रीका तीनजना सल्लाहकार, स्वकीय सचिव लगायतमा भने कोरोना संक्रमण देखिएको छ ।
प्रधानमन्त्रीलगायत १ सय ५० जनाको शुक्रबार स्वाब संकलन गरिएको थियो । शनिबार प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको र सल्लाहकारसहित केहीको रिपोर्ट पोजेटिभ आएको बालुवाटार स्रोतले जनाएको छ ।
‘प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट बच्नका लागि विशेष सावधानी अप्नाउँदै आएका छन् । अब दुईचारदिनमा फेरि एकपटक प्रधानमन्त्री ओलीको स्वाब परीक्षणको तयारी गरिएको छ,’ स्रोतको भनाइ छ ।
प्रकाशित समय १८:५५ बजे

















