गृहपृष्ठ भीमफेदीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

भीमफेदीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

accident-newskarobar

मकवानपुरको हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना. १ ज ४१०६ नम्बरको जिप आइतबार भीमफेदीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

मृतक दुवै जनाको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् । भीमफेदी गाउँपालिका- ६ स्थित उकालोमा टर्निङ नपुगेर ब्याक गर्ने क्रममा जिप सडकबाट करिब एक सय मिटर तल खसेको  डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु