गृहपृष्ठ विश्वभर सक्रिय संक्रमितको संख्या ७७ लाख ३३ हजार

विश्वभर सक्रिय संक्रमितको संख्या ७७ लाख ३३ हजार

दुई लाख ६६ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त, ६६ हजारको स्वास्थ्य अवस्था चिन्ताजनक

विश्वभर सक्रिय संक्रमितको संख्या ७७ लाख ३३ हजार नाघेको छ । एकै दिनको हजारौंको संख्यामा संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या ७७ लाख ३३ हजार २७४ पुगेको हो ।

अहिलेसम्म तीन करोड ५४ लाख व्यक्तिमा कोरोना भाइरस देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गएको २४ घण्टामा मात्रै दुई लाख ५६ हजारभन्दा बढी व्यक्ति संक्रमित थपिएपछि कुल संक्रमितको संख्या तीन करोड ५३ लाख ९७ हजार ३२० पुगेको हो ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर १० लाख ४१ हजारको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै साढे चार हजार संक्रमितको ज्यान गएको हो । त्यस्तै अहिलेसम्म दुई करोड ६६ लाख २० हजार ११६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ७७ लाख ३५ हजार सक्रिय संक्रमित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३६ हजार पुगेको छ भने दुई लाख १४ हजारभन्दा बढीको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ३४ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ३३२ जनाको ज्यान गएको छ । त्यस्तै ४८ लाख ४९ हजारको सफल उपचार भएको छ । अहिले अमेरिकामा २५ लाख ७३ हजार सक्रिय संक्रमित छन् ।

दोस्रो बढी संक्रमण फैलिएको छिमेकी मुलुक भारतमा ६६ लाख २२ हजार जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै भारतमा ७४ हजार ७६७ जनामा संक्रमित थपिएका छन् । त्यस्तै अहिलेसम्म एक लाख दुई हजारको ज्यान गएको छ । आइतबार मात्रै ९०२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा ५५ लाख ८३ हजारको सफल उपचार भएको छ भने ९ लाख ३६ हजारको उपचार भइरहेको छ ।

 

प्रकाशित समय ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु