गृहपृष्ठ धनुषामा १५ केजी गाँजा बरामद

धनुषामा १५ केजी गाँजा बरामद

धनुषामा सशस्त्र प्रहरी बलको टोलीले १५ केजी गाँजा बरामद गरेको छ । अबैध तस्करी नियन्त्रण तथा रोकथामका लागि खटिएको बोर्डर आउट पोष्ट महिनाथपुरको टोलीले विशेष सूचनाको आधारमा १५ किलो गाँजा बरामद गरेको हो ।

धनुषाको बिदेह नगरपालिका १ ठाढीस्थित दशगजाबाट भारत लग्दै गर्दा प्रहरीको टोलीले गाँजा बरामद गरेको हो । आइतबार दिउँसो करिब २ बजेको समयमा टाउकोमा बोकेर नेपालबाट भारत पार गर्नै लाग्दा डिउटीमा खटेका शसस्त्र प्रहरीले रोक्न खोजेको थियो । रोक्न भन्नै बितिकै गाँजाको पोका छाडेर भागेको इन्सपेक्टर दिेलेन्द्र खत्रीले जानकारी दिए ।

सशस्त्र प्रहरीले बुझाएको उक्त खत्रीले बताए । केही दिनअघि मात्रै सशस्त्र प्रहरी महिनाथपुरले बिदेह नगरपालिका २ गोबराहीस्थित दशगजाबाट भारत निकासी गरी लग्दै गर्दा आधा किलो चाँदी पक्राउ गरी भन्सार बुझाएका थिए । साइकलको क्यारियरमा बोराको झोलामा राखेर लगिरहेको बेला विशेष सूचनाको आधारमा पक्राउ गरेको थियो ।

प्रकाशित समय ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु