गृहपृष्ठ धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड- १९ अस्पतालमा उपचारत एक संक्रमितको सोमबार बिहान मृत्यु भएको छ । धरान- १५ का ५५ वर्षीय पुरुषको बिहान ६:४५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा यही असोज १६ गते भर्ना गरिएको थियो । उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको डा. श्रेष्ठले जानकारी दिए ।

यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको संख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित समय ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु