गृहपृष्ठ पोखराबाट ८२६ जनाले लिए श्रम स्वीकृति

पोखराबाट ८२६ जनाले लिए श्रम स्वीकृति

कोरोना महामारीको समयमा पनि गण्डकी प्रदेशको राजधानी पोखराबाट ८ सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यो तथ्यांक पछिल्लो तीन महिनाको अवधिको हो ।

चालु आर्थिक वर्ष २०७७/७८ साउनमा मात्रै पुरुष ४२६, महिला महिला ६ जना, भदौमा पुरुष २०१ महिला ८ जना र असोजमा पुरुष १८३ र महिला २ जना गरी ८ सय २६ जनाले श्रम स्वीकृति लिएका हुन् ।

प्रतिदिन एक सय जनाको हाराहारीमा पुनः श्रम स्वीकृति हुने कार्यालयमा अहिले भने कोरोनाका कारण सेवाग्राहीको संख्या घटेको कार्यालयका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले बताए । ‘अघिल्लो वर्ष यही समयको तुलनामा त घटेकै हो । तर अब कोभिडका कारण ६ महिनासम्म काम रोकिएर रहेका सेवाग्राहीको संख्या बढ्न सक्छ,’ उनले भने ।

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु