गृहपृष्ठ सुनको मूल्य ८ सयले वृद्धि, प्रतितोला कति ?
सुनको मूल्य ८ सयले वृद्धि, प्रतितोला कति ?
मंगलबार सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ । सोमबार तोलाको ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ८ सय बढेको हो ।
आज प्रतितोला सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेको छ । सोमबार ९३ हजार ६०० रूपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ८ सयले बढेको हो । आज तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको मूल्य पनि एक सयले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय १२:१७ बजे

















