गृहपृष्ठ फेसबुकमार्फत ठगी गरेको अभियोगमा पक्राउ

फेसबुकमार्फत ठगी गरेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरी रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका- ७ गुर्जुधारा बस्ने रुपन्देही सैनामैना नगरपालिका- ११ सालझण्डी घर भएकी ३१ वर्षीया सीता भुषाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमा Dr. james sonar र James andy नामबाट साथी बनाई ‘विवाह गर्छु सुनको सिक्री, आईफोन र २० हजार डलर गिफ्ट पठाएको छु’ भनी प्रलोभनमा पारी लाखौं रकम ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित समय १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु