गृहपृष्ठ विश्वभर कोरोनाबाट दश लाख ४६ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोनाबाट दश लाख ४६ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसबाट मंगलबार दिउँसोसम्म दश लाख ४६ हजार ४९ जनाको मृत्यु भएको छ । बितेका २४ घण्टामा मात्रै चार हजार दुई सय ५१ जनाको ज्यान गएकोे हो ।

हाल विश्वभर ३ करोड ५७ लाख ८ हजार १८२ जना संक्रमित छन् । बितेका २४ घण्टामा मात्रै दुई लाख ६४ हजार २०९ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३ करोड ५७ लाख ८ हजार १८२ पुगेको वल्र्डोमिटरले उल्लेख गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर सक्रिय संक्रमितको संख्या ७७ लाख ८४ हजार ८०२ नाघेको छ । जसमध्ये ६६ हजार ८२२ जनाको अवस्था चिन्ताजनक रहेको छ । त्यस्तै अहिलेसम्म दुई करोड ६८ लाख ७७ हजार ३३१ जना डिस्चार्ज भएका छन् ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा संक्रमितको संख्या ७६ लाख ७९ हजार ६४४ पुगेको छ भने दुई लाख १५ हजार भन्दा बढीको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ४२१ जनाले ज्यान गुमाएका छन् भने ४१ हजार ५७६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै दोस्रो छिमेकी राष्ट्र भारतमा ६६ लाख ८५ हजार ८२ जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ५९ हजार ८९३ जना संक्रमित थपिएका छन् । भारतमा अहिलेसम्म एक लाख तीन हजार ६ सय जनाको ज्यान गएको छ । सोमबार मात्रै ८८६ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा पनि दिनदिनै उच्च रुपमा कोरोना फैलिरहेको छ । गएको २४ घण्टामा मात्रै दुई हजार ४४० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म ५५४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु