गृहपृष्ठ एउटै किसानका पाँच हजार कुखुरा मरे

एउटै किसानका पाँच हजार कुखुरा मरे

फाइल तस्बिर ।

कुखुरामा एच नाइन (९) भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । भरतपुर महानगरपालिका- ६, केशरबागका किसान खेमराज पाठकले पालेको पाँच हजारभन्दा बढी लेयर्स कुखुरा मरेका हुन् । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ ।

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा एच नाइन (९) भाइरस पुष्टि भएपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा. दयाराम चापागाईंले जानकारी दिए ।

काठमाडौँमा परीक्षण गर्दा एच ९ देखिएकाले तर बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका गरिएका उनले बताए । उनका अनुसार अरू कुखुरालाई भने मारिएकाे छैन । (रासस)

प्रकाशित समय १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु