गृहपृष्ठ यौन दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

यौन दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

यौन दुर्व्यवहारको आरोपमा ओखलढुंगामा एकजना वडाध्यक्ष पक्राउ परेका छन् । मानेभञ्ज्याङ गाउँपालिका- ३ का वडाध्यक्ष मेडल राई यौन दुर्व्यवहारको अभियोगमा पक्राउ परेका हुन् ।

स्थानीय एक महिलालाई यौन दुर्व्यवहार गरेको उजूरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुर्व्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजूरीका आधारमा वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रुपेश खड्काले बताए ।

प्रहरी प्रमुख खड्काका अनुसार करणीको जाहेरी आएपछि वडाध्यक्ष राईलाई नियन्त्रणमा लिइएको हो । अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले जनाएकाे छ । घटना अनुसन्धानमै रहेकाले थप बताउन नमिल्ने प्रहरीको भनाइ छ ।

अध्यक्ष राईले चार दिनअघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ । घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरिए पनि पीडित महिला प्रहरीमा पुगेपछि वडाध्यक्ष पक्राउ परेका हुन् ।

प्रकाशित समय १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु