गृहपृष्ठ बुटवल र नवलपरासीको सुनवलका दुई जना संक्रमितको मृत्यु
बुटवल र नवलपरासीको सुनवलका दुई जना संक्रमितको मृत्यु
फाइल तस्बिर ।
बुटवल र नवलपरासी पश्चिम (सुनवल) का दुईजना कोरोना संक्रमितको ज्यान गएको छ ।
बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका ९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
असोज १६ गते कोरोना पोजिटिभ पुष्टि भई आईसीयूमा उपचाररत पुरुषको गएराति १२ः५० बजे र १७ गते अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
प्रकाशित समय ०९:२३ बजे

















