गृहपृष्ठ दुई थान पेस्तोल र गोलीसहित पक्राउ

दुई थान पेस्तोल र गोलीसहित पक्राउ

pakrau-arrest-newskarobar

नरैनापुर गाउँपालिका- ५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोलीसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूमा नेपालगंज उपमहानगरपालिका- २०, मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाँउ र नेपालगंज उपमहानगरपालिका- १९, बासुदेबपुर बस्ने ३३ वर्षीय ईब्राहिम बेहना रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु