गृहपृष्ठ जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्ष र स्वास्थ्यकर्मीसहित ६ जनाको मृत्यु
जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्ष र स्वास्थ्यकर्मीसहित ६ जनाको मृत्यु
दुर्घटनाग्रस्त जिप।
जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नं. १, औलखोलामा बुधबार दिउँसो जिप दुर्घटनामा हुँदा वडाध्यक्ष र स्वास्थ्यकर्मीसहित छ जनाको मृत्यु भएको छ । जाजरकोटको खलंगाबाट यात्रु लिएर जुनीचाँदे गाउँपालिका वडा नं. ४, बिराखोला जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी नेकपा प्रदेश कमिटी सल्लाहकार चुनीचाँदे गाउँपालिका- ११ का कृति बहादुर शाही, जुनिचाँदे गाउँपालिका वडा नं. ११ का वडा अध्यक्ष अमर बहादुर शाहीको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटका प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए ।
त्यसैगरी जुनीचाँदे- ११ कै अहेब खेमराज शाही, जुनीचाँदे- ५ का कृष्ण बहादुर शाही, र जेटीए जागिरमा परीक्षा दिन आएका मालिका बस्नेत गरी पाँच जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक एकजनाको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते नर बहादुर बुढालाई थप उपचारका लागि नेपालगंजतर्फ लगिएको र मृतकहरुको शव संकलन गर्ने कार्य जारी रहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
भे. १ ज ९३५ नम्बरको जिप औलखोलानजिक सडकबाट ५० मिटर तल खोलामा खसेको छ । प्रहरी चौकी पन्चालाबाट घटना स्थलमा प्रहरी पुगेको छ ।
प्रकाशित समय १८:४२ बजे

















