गृहपृष्ठ डीभी चिठ्ठाको फाराम खुल्यो, यसरी भर्नुहोस्
डीभी चिठ्ठाको फाराम खुल्यो, यसरी भर्नुहोस्
अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी (डाइभर्सिटी भिसा) चिट्ठाको लागि फाराम खुलेको छ । नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि डीभीको फाराम खुलेको हो ।
आउँदो कात्तिक २० गते राति पौने ११ बजेसम्म फाराम भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । यसपटक डीभी भरेर छनौट हुनेहरुले सन् २०२२ मा अमेरिका जान पाउनेछन् ।
फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नु पर्नेछ ।
डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ । दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत भनेको छ ।
प्रकाशित समय ११:३६ बजे

















