गृहपृष्ठ सिटी एक्सप्रेसमार्फत् पैसा पठाउँदा ६ लाख रूपैयाँसम्म बम्पर उपहार जित्न सकिने
सिटी एक्सप्रेसमार्फत् पैसा पठाउँदा ६ लाख रूपैयाँसम्म बम्पर उपहार जित्न सकिने
सिटी एक्सप्रेस मनी ट्रान्स्फर र दुबई स्थित अल फरडेन एक्सचेन्जको संयुक्त सहकार्यमा यस वर्षको दशैं तिहारलाई लक्षित गर्दै ‘दशैं तिहार बम्पर धमाका’ सार्वजनिक गरिएको छ ।
सो योजनाअन्तर्गत दुबईको अल फरडेन एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत् पैसा पठाउँदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिनेछ । यस योजनामा बिजेता छनोट लक्की ड्रमार्फत् गरिनेछ र बिजेताहरुले हरेक हप्ता टीभी, माइक्रोवेभजस्ता घरेलु उपकरणदेखि ६ लाख नगदसम्मको बम्पर उपहार जित्न सक्नेछन् । सो योजना नोभेम्बर १४ सम्म चल्ने छ ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय ११:२८ बजे

















