गृहपृष्ठ विश्वभर कोरोना संक्रमणबाट दुई करोड ७६ लाखभन्दा बढी संक्रमित डिस्चार्ज

विश्वभर कोरोना संक्रमणबाट दुई करोड ७६ लाखभन्दा बढी संक्रमित डिस्चार्ज

संक्रमितको संख्या तीन करोड ६७ लाख ५३ हजार नाघ्यो, सक्रिय संक्रमित ८० लाख १९ हजार

विश्वभर कोरोना भाइरसबाट दुई करोड ७६ लाख ६७ हजार ५५४ जना डिस्चार्ज भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको कुल संख्या तीन करोड ६७ लाख, ५३ हजार ९१० पुगेको छ ।

बितेका २४ घण्टामा मात्रै तीन लाख ४८ हजार ७७४ जना संक्रमित थपिएका छन् । कोरोनाबाट हालसम्म १० लाख ६६ हजार ८५६ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वभर सक्रिय संक्रमितको संख्या ८० लाख १९ हजार ५ सय रहेको छ । जसमध्ये ६७ हजार ९९ जनाको अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा बढी भाइरस फैलिएको अमेरिकामा ७८ लाख ३३ हजार ७६३ जना संक्रमित छन् भने दुई लाख १७ हजार ७३८ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा मात्रै ५६ हजार ६५२ जना संक्रमित छन् । दोस्रो बढी संक्रमित राष्ट्र भारतमा ६९ लाख ६ हजार ८१२ संक्रमित छन् भने एक लाख ६५ हजार २१ जनाले ज्यान गुमाएका छन् ।

 

प्रकाशित समय १०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु