गृहपृष्ठ सञ्चय कोषका २० कर्मचारीलाई कोरोना, उपत्यकाका कार्यालय बन्द

सञ्चय कोषका २० कर्मचारीलाई कोरोना, उपत्यकाका कार्यालय बन्द

KaSanKosh_NewsKarobar

कर्मचारी सञ्चय कोषका २० जना कर्मचारीमा एकै पटक कोरोना भाइरसको संक्रमण देखिएपछि कोषको काठमाडौं उपत्यकाका सबै कार्यालय बन्द गरिएका छन् ।

बुधबार कोषका १०० जना कर्मचारीहरूको कोरोना भाइरस परीक्षण गरिएकोमा २० जनामा संक्रमण देखिएका कारण कोषका कार्यालयहरू बन्द गरिएको कोषका एक अधिकारीले जानकारी दिए ।

बिहीबार थप १५० जनाको परीक्षण गरिएकोमा उनीहरूको नतिजा आउन बाँकी भएको उनले बताए । कोषका विराटनगरदेखि धनगढीसम्म ८ वटा शाखा कार्यालयहरू भए पनि मुख्य शाखा कार्यालय ठमेल र पुल्चोकस्थित केन्द्रीय कार्यालयबाट नै कोषका अधिकांश काम हुने गरेका छन् ।

देशभरिका २५ हजार विभिन्न कार्यालय तथा सार्वजनिक प्रतिष्ठानहरूका ६ लाख २८ हजार जनाको नियमित कोष कट्टी तथा कोषमा योगदान गर्नेहरूले लिने घर कर्जा, सापटीसहितका कामले कोषका मुख्य शाखा कार्यालयमा अत्याधिक भीड हुने गर्छ ।

यीबाहेक कोषमा ५ सय कार्यालय तथा निकायका पेन्सन फन्डबाट १४ हजार ४ सय जनाले पेन्सन सुविधा पनि लिँदै आएका छन् ।

शाखा कार्यालय बन्द भए पनि अनलाइन सापटीको सेवा भने जारी रहने कोषले जानकारी दिएको छ ।

प्रकाशित समय १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु