गृहपृष्ठ परराष्ट्र सचिवमा पौड्याल
परराष्ट्र सचिवमा पौड्याल
सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याललाई नियुक्त गरेको छ । सचिव शंकरदास खनाल वैरागीलाई मुख्य सचिवमा बढुवा गरिएपछि परराष्ट्र सचिव पद खाली थियो ।
सोही मन्त्रालयमै वरिष्ठ सह-सचिव रहेका पौड्याललाई बढुवा गरी सचिवमा नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपाल सरकारको परराष्ट्र सचिव पदमा नियुक्त हुनु भएकोमा आदरणीय श्री भरत राज पौड्यालज्यूलाई मन्त्रालय परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 9, 2020
पौड्याल यसअघि पाकिस्तानको राजदूत समेत रहिसकेका छन् । सरकारले औपचारिक रूपमा सचिवमा बढुवा गर्नुअघि पौड्यालले निमित्त सचिवका रूपमा जिम्मेवारी बहन गर्दै आएका थिए ।
प्रकाशित समय १२:०३ बजे

















