गृहपृष्ठ तुलसीपुर उपमहानगरपालिका-१३ का वडाध्यक्ष न्यौपानेको निधन

तुलसीपुर उपमहानगरपालिका-१३ का वडाध्यक्ष न्यौपानेको निधन

तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष डम्बर न्यौपानेको आज निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउने क्रममा आज बिहान साढे १० बजे बाटामा नै उनको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए ।

नेपाली कांग्रेसबाट निर्वाचित पैँसठ्ठी वर्षीय न्यौपानेलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो । यसैबीच वडाध्यक्ष न्यौपानेको निधनमा नगरप्रमुख घनश्याम पाण्डेले शोक विज्ञप्ति प्रकाशन गरी दुःख व्यक्त गरेका छन् ।

प्रकाशित समय १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु