गृहपृष्ठ भन्सार छली ल्याएका कपडा वरामद
भन्सार छली ल्याएका कपडा वरामद
जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलिगरी ल्याएको ४ लाख ७५ हजार वराबरको अबैध कपडा सहित ट्रक नियन्त्रणमा लिएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु २ ख ३४० नम्बरको ट्रकमा भन्सार छलिगरी ल्याएको ९५० थान कुर्ता सलवार नियन्त्रणमा लिइएको हो ।
भरतपुर महानगरपालिका वडा नं ३ शहिदचोक नजिक चेकजाँचको क्रममा आइतबार सो ट्रक नियन्त्रणमा लिइएको हो । ती सामान सामान, ट्रक, ट्रक चालक नवलपरासी पश्चिम सरावल गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षीय रामबहादुर चौधरी र ३५ वर्षीया मीना केसीलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको उनले जानकारी दिए ।
प्रकाशित समय ०८:३२ बजे

















