गृहपृष्ठ चीनको गरिबी नियन्त्रण अभियान : पाँच करोडभन्दा बढी गरिबीबाट मुक्त

चीनको गरिबी नियन्त्रण अभियान : पाँच करोडभन्दा बढी गरिबीबाट मुक्त

‘तेह्रौं पञ्चवर्षीय योजना’ को अवधिमा चीनका पाँच करोडभन्दा बढी ग्रामीण वस्तीलाई गरिबीबाट मुक्त भएका गरिब जनता पूर्ण रुपमा गरिबीबाट मुक्त भएका राष्ट्रिय गरीबी तथा जनसंख्या ब्युरोको तथ्यांकमा उल्लेख गरिएको छ ।

सन् २०१६ मा चीनमा गरीबीदर ४.५ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ०.६ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ । चालू वर्ष समग्र क्षेत्रमा गरीबी पूर्णतया उन्मुलन गर्ने चीन सरकार र खासगरी राष्ट्रपति सी चिनफिङको योजनामा चीनले सफलता पाएको अधिकारीहरूले बताएका छन् ।

‘तेह्रौँ पञ्चवर्षीय योजना’ को अवधिमा चीनमा गरीबहरूको आम्दानीमा व्यापक वृद्धि भएका ब्युरोको दावी छ । तथ्यांकअनुसार गरिब जनसंख्याको प्रतिव्यक्ति आय सन् २०१६ मा चार हजार १४२ युआन रहेकोमा सन् २०१९ मा बढेर नौ हजार ५७ युआन पुगेको छ । आयको औसत वार्षिक वृद्धि ३० प्रतिशत पुगेको छ भने चीनमा गरिबहरूको आय संरचना अझ अनुकूलित गरिएको छ र आफैँमा गरीबीबाट बच्न सक्ने क्षमता निरन्तर सुधारिएको छ ।

चालु वर्ष गरीबी निवारणको व्यापक लक्ष्य पूरा भएपछि चीनले सन् २०३० का लागि दिगो विकास कार्यक्रमअन्तर्गतको संयुक्त राष्ट्र संघको एजेन्डाको गरीबी निवारण लक्ष्य १० वर्ष अघि नै पूरा गर्दैछ । (एजेन्सी)

प्रकाशित समय ०९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु