गृहपृष्ठ मन्त्रिपरिषद् विस्तार, जिम्मेवारीबाट हटाइए रक्षामन्त्री पोखरेल (सूचीसहित)

मन्त्रिपरिषद् विस्तार, जिम्मेवारीबाट हटाइए रक्षामन्त्री पोखरेल (सूचीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्रालयका जिम्मेवारी आफूमा निहीत गर्दै मन्त्रिपरिषद हेरफेर गरेका छन् । यसअघि रक्षामन्त्री रहेका  उपप्रधानमन्त्री ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ।

संवैधानिक कारणले डा. युवराज खतिवडा बहिर्गमित भएपछि खाली बनेको अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई दिइएको छ । नेकपा महासचिव पौडेल यसअघि पनि अर्थमन्त्री बनिसकेका छन् ।

त्यस्तै  कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिँदै नयाँ मन्त्री थपेका छन् भने  यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।

प्रकाशित समय १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु