गृहपृष्ठ बीपी कोइराला प्रतिष्ठानमा थप ४ संक्रमितको मृत्यु

बीपी कोइराला प्रतिष्ठानमा थप ४ संक्रमितको मृत्यु

फाइल तस्बिर ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा धरानका दुई जना, इटहरी र तेह्रथुमका एक–एक जना रहेको प्रतिष्ठानले जनाएको छ ।

धरान–९ की ४४ वर्षीया महिलाको गत असोज २७ गते संक्रमण पुष्टि भएको थियो । उनमा कुनै दीर्घ रोग थाहा नभएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै, धरान–९ कै ५८ वर्षीय पुरुषको पनि निधन भएको छ । उनमा गत असोज २५ गते संक्रमण पुष्टि भएको थियो ।

यता, इटहरी–२० का ७५ वर्षीया महिलाको पनि आज बिहान निधन भएको छ । उनमा गत २६ गते संक्रमण पुष्टि भएको थियो । तेह्रथुकमकी ३१ वर्षीया महिलामा गत १० गते संक्रमण पुष्टि भएकोमा आज बिहान उपचारको क्रममा निधन भएको हो ।

प्रकाशित समय १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु