गृहपृष्ठ बढी भाडा लिने ११० बस-ट्याक्सी कारबाहीमा

बढी भाडा लिने ११० बस-ट्याक्सी कारबाहीमा

फाइल तस्बिर

ट्राफिक महाशाखाले क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सीहरुको अनुगमन र कारबाहीमा तीव्रता दिएको छ ।

यात्रुको चाप बढी हुने रुटमा विशेष चेक प्वाइन्टहरु राखी सवारी साधनको चेकजाँचमा कडाई गर्दै बढी भाडा लिने ४४ वटा बस तथा ६६ वटा ट्याक्सीलाई कारबाही गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चाडपर्व लक्षित विशेष योजनालाई मध्यनजर गरी सादा पोशाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही अभियान चलाएको जानकारी दिए । उनले यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका बसपार्क एवं मुख्य भिडभाड हुने चोकहरुमा चेकजाँच गरिस्वास्थ्य मापदण्ड पालना गरे नगरेको र यात्रुसँग बढी भाडा लिने गरे नगरेको अनुगमनलाई तीव्रता दिई थप कडा कारबाही गर्न थालेको बताए ।

ढकालका अनुसार असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने १५ हजार ४५१ वटा सवारी साधनलाई सम्झाईबुझाई गरि सुधार गर्ने प्रतिबद्धतापश्चात छाडेकोसमेत जानकारी दिए । महाशाखाले यात्रुको सुरक्षामा ध्यान दिन, क्षमताभन्दा बढी यात्रु नराख्न र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नसमेत सबै यातायात व्यवसायी एवं यात्रुलाई अनुरोध गरेको उनले बताए ।

प्रकाशित समय १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु