गृहपृष्ठ नवनियुक्त तीन मन्त्रीद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

नवनियुक्त तीन मन्त्रीद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

नवनियुक्त तीन मन्त्रीले पद् तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री बनेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठले पद् तथा गोपनीयताको सपथ लिएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद् तथा गोपनीयताको शपथ गराएकी थिइन् । सपथ लिएसँगै पदभार सम्हाल्न तीनैजना मन्त्री सिंहदरबार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नेकपा महासचिव पौडेललाई अर्थ, श्रेष्ठलाई सहरी विकास र श्रेष्ठलाई महिला मन्त्रालयमा सिफारिस गरेका थिए । त्यसैगरी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पनि जिम्मेवारी हेरफेर गरिएकाे छ ।

गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयकाे जिम्मेवारी आफूसँगै राखेर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिएका छन् ।

प्रकाशित समय १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु