गृहपृष्ठ धनुषामा १५ वर्षीया छात्रामाथि सामूहिक बलात्कार, दुई पक्राउ, दुई फरार
धनुषामा १५ वर्षीया छात्रामाथि सामूहिक बलात्कार, दुई पक्राउ, दुई फरार
सांकेतिक तस्बिर ।
जनकपुरमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया किशोरीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । किशोरीलाई जनकपुरको एक होटलमा सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले दुई जना युवालाई बुधबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १९ वेंगाशिवपुर बस्ने २८ वर्षीय प्रमोद यादव र सोही ठाउँ बस्ने २२ वर्षीय मो. सहजाद आलम छन् । घटनामा संलग्न अन्य दुई युवा फरार छन् ।
असोज २० गते जनकपुरधाम ४ शिवचोकको एक होटलमा खाजा खान गएका बेलामा चार जना युवाले बलात्कार गरेको किशोरीले बताएकी छन् । आरोपित युवाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असोज २२ गते पीडित किशोरीले उजुरी दिएकी थिइन् । उनको असोज २२ गते प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गरिएको छ ।
किशोरीले दिएको उजुरीका आधारमा आरोपित यादव र आलमलाई गिरफतार गरिएको डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय २०:०३ बजे

















