गृहपृष्ठ बाँकेमा ४२ वर्षीय संक्रमितको मृत्यु

बाँकेमा ४२ वर्षीय संक्रमितको मृत्यु

बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का संक्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकामा १६ गते कोरोना पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार यससँगै कोरोना संक्रमण भएर बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या १४ पुगेको श्रेष्ठले बताए । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत असोज २७ गते भेरी अस्पतालमा पठाइएको थियो ।

प्रकाशित समय ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु