गृहपृष्ठ एकै दिन २६ जना कोरोना संक्रमितले ज्यान गुमाए
एकै दिन २६ जना कोरोना संक्रमितले ज्यान गुमाए
फाइल तस्बिर ।
नेपालमा पछिल्लो २४ घण्टामा २६ जनाले ज्यान गुमाएका छन् । एकै दिन २६ जनाले ज्यान गुमाएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ । त्यस्तै बुधबार मात्रै ५७४३ जना संक्रमित थपिएका छन् । संक्रमित हुने पनि बुधबार अहिलेसम्मकै सबैभन्दा बढी हो ।
योसँगै देशभर कोरोना संक्रमित हनेको संख्या एक लाख ४४ हजार ५७२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पीसीआर परीक्षण गरेकोमा ५ हजार ७४३ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित समय १६:४९ बजे

















