गृहपृष्ठ नेउवा महासंघमा चुनावी चहलपहल सुरु

नेउवा महासंघमा चुनावी चहलपहल सुरु

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी राैनक सुरु भएको छ । महासंघको निर्वाचन समितिको निर्णयअनुसार बुधबारबाट महासंघका विभिन्न पदमा उम्मेवादीको नामांकनसँगै चुनावी चहलपहल सुरू भएको हो ।

बुधबार महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित उनको प्यानलका  वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन् ।

कोभिड–१९को कारण सरेको महासंघको ५४ औं वार्षिक साधारणसभा र निर्वाचन मंसिर ११, १२ र १३ गते हुँदैछ । साधारण सभाका लागि कात्तिक ५ गते बुधबारदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्न सक्ने व्यवस्था गरिएको छ ।

महासंघमा एक वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र  ६० जना दस्य समूहबाट उपाध्यक्ष — १
कार्यकारिणी समितिका सदस्यको निर्वाचन हुँदैछ ।

महासंघमा यस पटकदेखि प्रत्येक प्रदेशतर्फबाट ७,  उद्योग वाणिज्य संघ तर्फबाट १८,  वस्तुगत संघ तर्फबाट १४, एसोसिएटतर्फबाट १९ जना, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तर्फबाट १ र महासंघका संस्थापकहरु मध्येबाट १ जनाको निर्वाचन हुनेछ ।

गृह मन्त्रालयको स्वीकृति एवं स्वास्थ्य मन्त्रालयको मापदण्ड समेत पूरा गर्नेगरी महासंघको निर्वाचन कार्यक्रम राष्ट्रिय प्रज्ञा प्रतिष्ठान,  कार्की व्याङकेट, बबरमहल र महासंघको कार्यालय टेकु काठमाडौंमा छुट्टाछुट्टै रुपमा हुने जनाइएको छ ।

निर्वाचन समितिले निर्वाचनमा मतदान गर्दा एक पटकमा २५ जना भन्दा बढी व्यक्ति जम्मा नहुने गरी अर्थात सामाजिक (भौतिक) दूरी कायम हुने गर्ने तथा स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरी मतदान गराइने जानकारी दिएको छ ।

महासंघमा उम्मेदवारीका लागि इमेलबाट समेत उम्मेदवारी दाखिल गर्न सकिने र त्यसका सक्कल कागज मंसिर ४ गतेसम्म बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

महासंघको उम्मेदवारीका लागि वरिष्ठ उपाध्यक्षले ३ लाख, उपाध्यक्षमा १ लाख ५० हजार र कार्यकारिणी सदस्यका लागि ५० हजार रूपैयाँ धराैटी राख्नु पर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु