गृहपृष्ठ प्रधानमन्त्री ओलीलाई ‘रअ’ प्रमुख सामान्तकुमार गोयले भेटे

प्रधानमन्त्री ओलीलाई ‘रअ’ प्रमुख सामान्तकुमार गोयले भेटे

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामान्तकुमार गोयलले भेट गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा ‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरेको बताएका छन् ।

फेसबुकमा लेख्दै सल्लाहकार थापाले भेटका क्रममा नेपाल भारतबीच मैत्री सम्बन्ध खल्बलिन नदिन समस्यालाई वार्ताबाट समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तरता दिइने विषयमा कुराकानी भएको जनाएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई नभेटेको बताएका छन् ।

प्रकाशित समय १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु