गृहपृष्ठ ‘प्रधानमन्त्रीले रअ प्रमुखलाई भेट्नु आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत’

‘प्रधानमन्त्रीले रअ प्रमुखलाई भेट्नु आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत’

bhim-rawal

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै नेता रावलले ट्विटमार्फत यसको विरोध गरेका हुन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ ।कूटनीतिक मर्यादा विपरीत छ ।’

प्रकाशित समय १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु