गृहपृष्ठ अविवाहित र एकल पुरुषलाई पनि मासिक भत्ता
अविवाहित र एकल पुरुषलाई पनि मासिक भत्ता
अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगे पनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले दुई वर्षदेखि यो सेवा दिँदै आएको छ ।
नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक एक हजार रुपैयाँका दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिँदै आएको उपप्रमुख तारा भट्टराईले बताइन् । ६० वर्ष पूरा भएका र ७० वर्ष नकाटेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिइँदै आएको नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए । (रासस)
प्रकाशित समय २०:४७ बजे

















