गृहपृष्ठ पाकिस्तानमा बम विस्फोट हुँदा सातको मृत्यु, ११२ जना घाइते

पाकिस्तानमा बम विस्फोट हुँदा सातको मृत्यु, ११२ जना घाइते

पाकिस्तानमा शक्तिशाली बम विस्फोट हुँदा मंगलबार सात जनाको मृत्यु भएको छ । बम विस्फोटमा परी ११२ जना घाइते भएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्थानीय जमिया जुबैरिया मदरसामा इस्लाम धर्मका बारेमा विशेष कक्षा सञ्चालन भइरहेका बेलामा विस्फोट भएको हो । विस्फोटमा परी मृत्यु भएका र घाइते भएका सबै विद्यार्थी हुन् ।

घटनास्थलमा शंकास्पद झोला भेटिएको र घटनाका बारेमा पूर्ण अनुसन्धान सुरु गरिसकिएको प्रहरी अधिकृत वाक्वार अजिमले जानकारी दिएका छन् । विस्फोटका कारण कक्षा सञ्चालन भइरहेको भवन र हल क्षतिग्रस्त भएको भिडियो पाकिस्तानी सञ्चारमाध्यमले देखाएका छन् ।

विस्फोटनका लागि पाँच किलो विस्फोटक पदार्थ प्रयोग गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घटनामा परी केही शिक्षक र कर्मचारीसमेत घाइते भएका छन् । घाइते भएका विद्यार्थी अधिकांश २५ वर्षको हाराहारीका छन् । घाइते भएकामध्ये केही विद्यार्थी अफगानी हुन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित समय १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु