गृहपृष्ठ इलाम र धनुषामा दुई बालिका बलात्कृत, बलात्कारी पक्राउ

इलाम र धनुषामा दुई बालिका बलात्कृत, बलात्कारी पक्राउ

rape newskarobar सांकेतिक तस्बिर ।

इलाम र धनुषामा दुई बालिका बलात्कृत भएका छन् । इलाममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा माईजोगमाई गाउँपालिका ५ बस्ने २० वर्षीय सचिन राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई ललाईफकाई सोही ठाउँस्थित लोक्साङ जंगलमा लगेर बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नयाँबजारबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।

त्यस्तै धनुषामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कारको अभियोगमा जनकपुर उपमहानगरपालिका ७ भमरपुरा चोक डेरा गरी बस्ने भारत सितामढी थाना बथनाहा ग्राम पञ्चायत भुतही ५ हरिबेला घर भएका ५१ वर्षीय वीरेन्द्र साहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु