गृहपृष्ठ सिनागालको जंगलमा पुरुषको शव फेला
सिनागालको जंगलमा पुरुषको शव फेला
काभ्रेको बनेपा नगरपालिका–११ स्थित सिनागालको जंगलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जंगलमा फेला परेको अन्दाजी वर्ष ३०/३५ का पुरुषको शवको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।
शवलाई अहिले धुलिखेल अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०८:४८ बजे

















