गृहपृष्ठ १० वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ

१० वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ

pakrau-arrest-newskarobar

जनकपुरधाम उपमहानगरपालिका ७ को भ्रमरपुरा चोककी १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गर्ने भारत विहार सीतामढी जिल्ला बथनाहा ग्राम पञ्चायत भुतही–५ का ५१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ गरिएको हो ।

घरमा कोही नभएको बेला साहले बालिकालाई ललाईफकाई चकलेटको प्रलोभन दिई बन्धक बनाई करणी गरेको जनाइएको छ । साह सोही घरको तल्लो तल्लामा भाडामा बस्दै आएका छन् । बालिकाकी आमाछोरीलाई खोजतलास गर्ने क्रममा साहको कोठाबाट रुँदै-कराउँदै गरेको देखेर हल्ला गर्दा स्थानीयवासीसमेत आई प्रहरीलाई खबर गर्दा जिल्ला प्रहरीबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको हो । पक्राउ गरिएका साहलाई शरीर बन्धक एवं करणी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु